बहुप्रतिभाशाली गायिका केसीको लोक दोहोरी गीत ‘मेरी मायाँलाई’ सार्वजनिक

Posted on: 17 Nov, 2017

ताराबहादुर महत । मंसिर १, दोलखा । काठ क्षेत्रकी लोकप्रिय गायिका सावित्री केसीको नयाँ साङ्गितिक कोशेली लोक दाहोरी गीत ‘मेरी मायाँलाई’ भर्खरै बजारमा आएको छ ।

प्रकाश पुरीको शब्द रहेको यो गीतमा आवाज काठ क्षेत्रका चर्चित गायक नवराज घोरासैनी गायिका सावित्री केसीले भर्नुभएको छ । गायक घोरासैनी लामो समयपछि श्रोता दर्शकमाझ यो गीतमार्फत देखिनुभएको छ । गीतमा मन छुने लय भरेर यतिबेला चर्चामा हुनुहुन्छ, प्राय गायनमा दख्खल देखिनुभएकी सावित्री केसी । बैदेसिक रोजगारीमा गएर पनि नेपाली लोक गित संगितलाई अत्यन्तै मायाँ गरीरहनुभएका सर्जक प्रकाश पुरीले लोक गीत संगितको यात्रालाई निरन्तरता दिईरहनुभएको छ ।

खासगरी मायाप्रेमका ठट्यौलीदेखि दशैंतिहारसम्मका मनै रुवाउने गीत पस्केर श्रोता दर्शकमाझ लोकप्रिय रहनुभएका सर्जक प्रकाश पुरीले मेरी मायाँलाई बोलको लोक दाहोरीको शब्द संकलन गर्नुभएको हो । गीतको भिडियोमा दोश्रो शंकर विसीको उपनामले चिनिने दोलखाली मोडल संजिव ठकुरीले र विसखा तिमिल्सिनाले लोभलाग्दो अभिनय गर्नुभएको छ । मिलन फिलिम्स प्रोडक्सन प्रालिले गीतलाई उत्पादन तथा वितरण गरेको हो । दोलखाको कालिञ्चोक गाउँपालिका जन्मेर डेढ दशकअघि देखि काठ क्षेत्रका लोक दाहोरी गितमा आवाज भर्दै आउनुभएकी सावित्री केसी पछिल्लो समय लय संकलकका रुपमा समेत उदाउन थालेकी छिन । रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर साथीभाईको हौसला र रहरै रहरमा लोक गीत संगित क्षेत्रमा लागेकी केसी लोक गीतको जर्गेना गर्नकै लागि पनि साङ्गतिक यात्रालाई निरन्तरता दिईरहेको बताउँछिन ।

डाँडैमा हावा सरर, रेशम डोरीले, डाँडै काटी जाउ, विष फलेछ अमृतको बोटैमा, प्रदेशीको दशैं लगायत दुई दर्जन बढी गीतमा आवाज भरीसकेकी केसी पछिल्लो समय खस्किँदै गएको संगित बजारप्रति भने चिन्तित देखिन्छिन् । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।



यस बिषयमा तपाइको प्रतिक्रिया...!