डोल्पामा ७५ हजार स्याउका बिरुवा खरिद गरिदै ।

Posted on: 12 Feb, 2018

टेकबहादुर शाही | माघ २९, डोल्पा | डोल्पा जिल्लाका लागि यस बर्ष मात्र ७५हजार स्याउका बिरुवा खरिद गरिने भएको छ । जिल्लाका २ नगरपालिका र ३ गाउपालिकामा गरि ७५ हजार बिरुवा खरिद हुने जिल्ला कृषि बिकास कार्यालय डोल्पाले जानकारि दिएको छ । कृषि बिकास कार्यालयका अनुसार कृषकको माग एक लाख ५० हजार बरावर भए पनि जम्मा ७५ हजार बिरुवा खरिद गरिने भएको छ । 

काईकेगउपालिकामा ३ हजार,जगदुल्ला गाउपालिकामा ५ हजार,मुड्केचुलामा ७ हजार,त्रिपूरा सुन्दरी नगरपालिकामा ३९ हजार र ठुलीभेरि नगरपालिकामा २० हजार बरवार बिरुवा खरिद गर्न नागएिको जिल्ला कृषि बिकास कार्यालय डोल्पाले जानकारी दिएको छ । डोल्पामा नर्सरीमा सबै बिरुवा नपाउने भए पछि छिमेकी जिल्ला जुम्ला र मुस्ताङ देखि पनि बिरुवा खरिद गरिने गरिएको छ । 

कृषकलाइ सरकारी दररेट ४० रुपैया प्रतिबिरुवा बितरण गर्नु पर्ने भए पनि बिरुवा अभावको कारण ६५ रुपैया प्रति बिरुवा कृषकका लागि खरिद गर्नू पर्ने बाध्यता आएको वागवाणि बिकास अधिकृत रामकुमार यादवले जानकारि दिए । उनका अनुसार कृषकलाइ मर्का नपर्ने र बाँकी रकम स्थानीय सरकारले अनुदान दिने भएकोले कृषकले महगीको आभास नगर्ने र सरकारले ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकि करण योजनाबाट दिइएको बताए । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण योजनाबाट ठुलीभेरि नगरपालिकामा यस पटक ७ हजार ५ सय स्याउका बिरुवा, ३ हजार दातेओखरका बिरुवा र ७ सय ५० किबिका बिरुवा बितरण गरिएको बागवाणि बिकास अधिकृत रामकुमार यादबले जानकारि दिए । उनले भने झोपामा ढुवानी गरेर कृषकलाइ बितरण गरेको तर कृषकको माग बढ्दो छ बिरुवा पाउन कठिन भएकोले कृषकको गुनोसो धेरै आउने गरेको छ कृषको माग पूरा हुन सकेको छैन केहि प्राबिधिक कठिानइहरु रहेका छन ।


कालिकोट जिल्लाको रासकोट नगरपालिकाको फुकोटबाट ओखरका बिरुवा ल्याइ प्रति बोट २५ रुपैयामा ७५ प्रतिशत अनुदानमा बितरण गरेको छ । त्यसै गरि डोल्पामा पहिलो पटक किबिको बिरुवा बितरण गरिएको छ । रामेछाप जिल्लाबाट किबिको ७ सय ५० बिरुवा ७५ प्रतिशत अनुदानमा प्रति बिरुवा २७ रुपैयामा कृषकलाइ बितरण गरिएको बागवाणि बिकास अधिकृत यालवले जानकारि दिए । उनले भने यो कृषकका लागि फाइदा जनक फलफुल हो मेहेनतले खेति गरे सबै भन्दा धेरै आम्दानी हुन्छ ।

अघिल्लो आर्थिक बर्ष ११ हजार बिरुवा खरिद गरिएको भए पनि यस बर्ष भने कृषकको माग अत्याधिक बढेको जिल्ला कृषि बिकास कार्यालयले जानकारि दिएको छ । डोल्पाका कृषकहरु पछिल्ला बर्षहरुमा स्याउ तथा फलफुल खेतिमा आर्कषित हुन थालेकोले पनि माग बढ्दो हुने गरेको कृषक कमल क्षेत्रिले बताए । उनि भन्छन भिरालो र उबटखावट जमिनमा फलफुलको खेति सजिलो र कृषकलाइ आम्दानी मुलक रहेको बताए । 

कुल क्षेत्रफलको १ दशमलब ५ प्रतिशत क्षेत्रफल मात्र खेति योग्य जमिन रहेको डोल्पा जिल्लामा फलफुल खेतिमा स्याउ ओखर उत्तम रहेको बरिष्ठकृषि बिकास अधिकृत कलशराम चौधरीले जानकारि दिए । उनका अनुसार राष्ट्रिय सड्क सञ्जालमा डोल्पा जोडिए सँगै कृषकले फलफुलबाट मनग्य आम्दानी गर्ने बताए ।

हरेक बर्ष अजारौ बिरुवाहरु कृषकले लागउने गरे पनि बगैचानै बनाएर लगाउने प्रचलनको बिकास नभएकोले प्रभाबकारि हुने नसकेको जिल्ला कृषि बिकास कार्यालयको भनाइ रहेको छ । प्रति परिवारका दरले लगाउने प्रमपरा रहेकोले पनि अुनगमन र कृषकले प्रतिफल पाए नपाएको एकिन गर्न कठिन भएको कार्यालयको भनाइ रहेको छ । 

पछिल्लो बर्षहरुमा बगैचाको बिकास हुदै गएको र कृषकले सोचे अनुरुप स्याउ तथा ओखरबाट आम्दानी लिनेमा बिश्वस्त रहेको बरिष्ठ कृषि बिकास अधिकृत चौधरीले दावी गरे । उनले भने कृषकलाइ समुह मिलेर बगैचाको निमार्ण गरि फलफूल खेति गर्न उत्साहित गरेको बताए । 

माथिको तश्विरमा : जगदुल्ला गाउपालिकाबाट दुनैका लागि ७५०० स्याउका बिरुवा झोपामा लादेर ल्याउदै । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!