न्यानो कम्बल वितरण

Posted on: 05 Jan, 2022

पुस २१ डोटी । ‘साइन नेपाल’ नामक सामाजिक सस्थाले शिखर नगरपालिकाका ३०० नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल उपलब्ध गराइएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको वडा नं२ र ८ का आयस्तर कम भएका ती नागरिकलाई सामग्री उपलब्ध गराइएको हो ।  

स्थानीय सरकारसँगको सहकार्यमा संस्थाले हाते ट्र्याक्टर, विद्यालयमा खेलकूद तथा कम्प्युटरलगायतका सामग्री वितरण गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!