भूकम्प अपडेट: डोटीमा घर भत्किएर ६ जनाको मृत्यु, ७ घाइते

Posted on: 09 Nov, 2022

कात्तिक २३, डोटी | डोटीमा भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। 

मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पले दर्जनौं घरहरू भत्किएका छन् ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका  ५० वर्षीय प्रेम बोहरा, १४ वर्षीया तुल्सी बोहरा, ४० वर्षीया भगवती बोहरा, ८ वर्षीय हर्क बोहरा, १३ वर्षीया सीता बोहरा र १४ वर्षीया धनसरी बोहरा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक नयन सिंह भाटले बताएका छन्  । 

७ जना घाइतेहरुमध्ये ४ जनाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने अन्य ३ जना सामान्य घाइते भएका कारण गाउँमै उपचार भइरहेको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!