बाबुरामको गृहनगर पालुङटारमा मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी

Posted on: 19 May, 2022

जेठ ५, गोरखा | डा. बाबुराम भट्टराईको गृहनगर  पालुङटार नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ । मेयरमा माओवादी उम्मेदवार विवस चिन्तन विजयी भएका छन् ।

उनीले ६ हजार ७२ मतका साथ मेयरमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत ल्याए । नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपकबाबु कँडेलले ४ हजार ९ सय ९७ मत मात्रै पाए । 

त्यस्तै उपमेयर पनि माओवादीले नै जितेको छ । उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत ल्याइन् ।

जसपा–एमाले गठबन्धनबाट उपमेयर उम्मेदवार एमालेकी पार्वती पाठकले ४ हजार २ सय ८१ मत मात्रै पाइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!