मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो, केही पर्यटक बेपत्ता

Posted on: 26 Sep, 2022

असोज १०, गोरखा | गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार हिमपहिरो गएको छ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ स्थित मनास्लु हिमाल आधार शिविरमा पहिरो गएको र केही पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ । तर कति पर्यटक बेपत्ता भए भन्ने विषयमा केही खुलेको छैन । 


आधार शिविरमा केही विदेशी पर्यटक र तिनका नेपाली सहयोगी रहेको जनाइएको छ । उद्दारका लागि हेलिकोप्टर पुगेको बताइएको छ । एभरेष्ट र सिम्रिक एयरकाे हेलिकाेप्टर आधार शिविरमा पुगेकाे गाेरखाका एसपी केदार खनालले जानकारी दिए ।  घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!