गुल्मीमा बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

Posted on: 02 Jul, 2022

असार १८, गुल्मी | गुल्मीमा आफ्नै भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । धुर्कोट गाउँपालिका ६ मा जेठाजुले सहोदर बुहारीलाई जबरजस्ती करणी गरेका हुन् ।

सोही आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । १९ वर्षीया बुहारीलाई ३५ वर्षे जेठाजुले दिउँसोको समयमा जबरजस्ती करणी गरेका हुन् ।

बलात्कारको उजुरी परेपछि उनी पक्राउ परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!