गुल्मी घटनाप्रति नेकपा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

Posted on: 24 Jul, 2019

साउन ८, काठमाडौँ | अविरल वर्षाका कारण गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको दुई वडामा पहिरो जाँदा ११ जनाको निधन भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्तिमार्फत पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । साथै, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

“यसप्रकारको विपद्का बेला उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न आह्वान गर्दछु, पहिरोमा परी निधन भएका परिवारलाई आवश्यक क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गर्दछु”, उहाँले विज्ञप्तिमा उल्लेख छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!