गुल्मीमा चितुवा र युवाको भिडन्त : चितुवाको मृत्यु, युवा घाइते

Posted on: 11 Sep, 2022

भदौ २६, गुल्मी । गुल्मीमा चितुवा र युवाको भिडन्त भएको छ । भिडन्तमा परी चितुवाको मृत्यु भएको छ भने युवा घाइते भएका छन् ।

रेसुङ्गा नगरपालिका –६ निन्नुचौरस्थित ३० बर्षिय यम बहादुर कुँवरको आइतबार बिहानै करिब पाँच मिनेटजति चितुवासँग भिडन्त भएको हो ।

घर नजिकै रहेको खोरमा कुखुरा मरेको देखेपछि कुँवर कुखुरा हेर्न भनी खोरमा पुगेका थिए । त्यत्तिबेला खोरभित्र रहेको चितुवाले उनलाई आक्रमण गर्न थालेपछि कुँवर प्रतिकारमा उत्रिएका थिए । घाइते कुँवरलाई चितुवाले शरिरको विभिन्न भागमा चिथोरेको छ । उनको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था भने सामान्य छ ।

चितुवाले खोरमा रहेका साना–ठुला गरी सयभन्दा बढी बोइलर कुखुरा मारेको छ ।     -राजधानी दैनिक

यस बिषयमा तपाइको प्रतिक्रिया...!