त्रिपक्षीय वार्ताको लागि प्रहरी निरीक्षक पुन नेतृत्वको टोली अदानचुलीमा

Posted on: 10 Apr, 2022

चैत्र २७, सिमकोट | शनिबार मध्यान्न १ बजे भएको दुई पक्षीय घटना मिलाउन प्रहरी निरीक्षक दामु पुन नेतृत्वको प्रहरीको टोली जिल्ला सदर मुकाम सिमकोटबाट हेलिकोप्टरमा अदानचुली गाउँपालिकाको श्रीनगर पुगेको छ ।

हुम्ला जिल्लाको तल्लो भेग अदानचुली गाउँपालिका फडेरा गाउँमा भएको विवादलाई लिएर प्रमुख जिल्ला अधिकारी सीता परियारको समन्वयमा दुई राजनीति दल नेकपा एमाले र माओवादी केन्द्रका जिल्लास्तरिय नेतासँग भएको सहमति अनुसार प्रहरी निरीक्षक पुन नेतृत्वको टोली श्रीनगरमा पुगेको हो ।

अदानचुलिमा आपसी विवादमा संलग्न भएका दलसँगको बैठकले गरेको निर्णय अनुसार प्रहरी निरीक्षक पुन नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली श्रीनगर पुगेको छ ।

टोलीमा सशस्त्र प्रहरी निरीक्षक रमेश सारु र १२ जना प्रहरी सहभागी छन् । शनिबार बेलुका प्रजिअ परियारको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा एमाले र माओवादी केन्द्रका नेताबीच बैठक बसेर प्रहरी निरीक्षकको नेतृत्वमा टोली श्रीनगर पुगेर विवाद समाधान गर्ने सहमति भएको थियो ।

शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताहरूले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको भन्दै माओवादी कार्यकर्ताले शनिबार दिउँसो अध्यक्ष फडेराको घरमा ढुंगामुढाका प्रहार गर्नुका साथै घर घरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!