देशका विभिन्न ठाउँमा हिमपात, जनजीवन प्रभावित !

Posted on: 25 Dec, 2021

पुस १०, काठमाडौँ | देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हुम्ला, ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।

ताप्लेजुङको ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली क्षेत्रमा शुक्रबारदेखि नै हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।  यस्तै कर्णालीका  हिमाली जिल्ल्ला हुम्ला मुगु लगाएतमा हिमपात भएको छ ।   

तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै हिउँ पर्न थालेपछि चिसोका कारण घर बाहिर निस्कन समस्या भएको छ ।

पशुचौपायालाई पनि चरनमा समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ । केही स्कुल पनि  बन्द गरिएको छ ।

यस्तै दोलखाको कालीञ्चोक लगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको छ । जनजीवन केही प्रभावित भएको तर पर्यटकको संख्या बढ्ने भएकाले व्यवसायी उत्साहित छन् । कालीञ्चोकमा मन्दिर दर्शन तथा हिउँ खेल्न पर्यटक पुग्ने गरेका छन् ।

यस्तै सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बाक्लो कुहिरो लागेर सिमसिम पानी परेपछि जनजीवन प्रभावित बनेको छ । खुम्बुक्षेत्रमा हिमपात भइरहेको छ ।

सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकाले जनजीवन कष्टकर बनेको छ । आलु र मकै रोप्ने समय भएकाले अहिलेको पानीले फाइदा पुग्ने किसानको भनाइ छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!