सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध

Posted on: 06 Feb, 2022

माघ २३, सिमकोट | गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको  छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ ।  साढे दुई फिटसम्म  हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ । 

हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारीदिनुभयो । विमानस्थलमा  दैनिक १५ सम्म उडान हुने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!