पुनः मतगणनापछि सुवास नेम्वाङको अग्रता कायमै

Posted on: 24 Nov, 2022

मंसिर ८, काठमाडौं । विवादकाबीच रोकिएको इलाम क्षेत्र नम्बर २ को मतगणना पुनः जारी रहेको छ । गणना भइसकेको मतपत्र सिल नगरी राखेको विषयमा उत्पन्न विवादमा सहमति जुटेपछि गए राति १२ बजे मतगणना पुनः थालिएको थियो । 


पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता कायम राखेका छन् । माङ्सेबुङ र चुलाचुली गाउँपालिकाको सबै, माई नगर वडा ६, ७, ८ र फाकफोकथुम गाउँपालिकाको वडा १, २, र ३ को मतगणना भइसक्दा नेम्बाङले करिब साढे ८ सय मतको अग्रता लिइरहेका छन् ।

अहिलेसम्म नेम्बाङको ११ हजार ६ सय २१ मत आएको छ भने गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको १० हजार ७ सय ८८ मत छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!