घरको छतबाट हाम फाल्दा मृत्यु !

Posted on: 22 Dec, 2021

पुस ७, काठमाडौँ | इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छन् ।

पाँच तले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ।

उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!