माओबादी उम्मेदवार शक्ति बस्नेत भारी मत अन्तरले विजयी

Posted on: 09 Dec, 2017

मैसिर २३, जाजरकोट । प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा वाम गठबन्धनले जित हात पारेको छ । 

प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत भारि मत अन्तर ३२ हजार २८१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएर पराजित भएका छन् । त्यस्तै प्रदेश (क) मा वाम गठबन्धनबाटै माओवादी केन्द्रका गणेशप्रसादसिंह  खगेन्द्रसेन विजयी भएका छन् । 

सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार वेदराज सिंहले १२ हजार ८७८ मत प्राप्त गरे ।

प्रदेश (ख) मा वाम गठबन्धनकै एमालेका करबीर शाही विजयी भएका छन् । शाहीले १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका छन् । 

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेर पराजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!