कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक : एमालेले ९ पालिका गुमायो

Posted on: 17 May, 2022

जेठ ३, सुर्खेत | मंगलबार दिउँसो एक बजेसम्म कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिलेसम्म पाँचवटा पालिकाहरुमा मात्र जित हाँसिल गरेको छ  । सबैभन्दा बढी जसमा काँग्रेसले १८, नेकपा माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले ३ र दुई वटामा स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।

नेकपा एमालेले पालिकाहरु जित्नेभन्दा बढी गुमाउँदै गएको छ ।  अहिलेसम्म दैलेखको गुराँस, डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका, जुनीचाँदे गाउँपालिका जाजरकोट र डोल्पाको शे–फोक्शुण्डो गाउँपालिकामा जितेको छ ।

कर्णालीमा एमालेले गुमाएका पालिकाहरु

— ठाटीकाँध गाउँपालिका दैलख : यहाँ काँग्रेसका रक्षबहादुर शाहीले जितेका छन् । 

—चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख : काँग्रेसका गणेशबहादुर शाहीले जितेका छन् ।

— भैरवी गाउँपालिका, दैलेख : काँग्रेसकी रिता कुमारी शाहीले जितेकी छन् ।

—भगवतीमाई गाउँपालिका, दैलेख : माओवादीका गणेश थापाले जितेका छन् ।

— बनगाड कुपिण्डे नगरपालिका, सल्यान : माओवादीका कर्णबहादुर बुढाथोकीले जितेका छन् ।

— ठुलोभेरी नगरपालिका, डोल्पा : यहाँ नेपाली काँग्रेसका स्वर्ण बुढाले जितेका छन् ।

— खाँडाचक्र नगरपालिका, कालिकोट : यहाँ स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

— कपुरकोट गाउँपालिका, सल्यान : यहाँ एकीकृत समाजवादीले जितेको छ ।

— शिवालय गाउँपालिका जाजरकोट : यहाँ नेपाली काँग्रेसका शेरबहादुर शाहीले  जितेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!