जाजरकोटमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

Posted on: 05 Nov, 2021

कात्तिक १९, जाजरकोट | जाजरकोटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र  नाम नखुलेका एक अर्का जनाको ज्यान गएको छ । १० जना सवार रहेकोमा एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । 

आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का  घाइते भएका छन् । धनबहादुर चालक हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!