कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या

Posted on: 11 May, 2022

वैशाख २८, जाजरकोट | समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम  र डोल्पाका किसानले मकै राेप्‍न पाएका छैनन् ।

यहाँका किसान आकाशे पानीकाे भरमा खेती गर्दै आएका छन् ।

काठमाडाैं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्ताे  वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेकाे छैन ।

नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै राेपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलाे भएकाे बताए ।

यहाँका किसानले धानकाे बीउ राख्‍न सुरु गरे पनि सिंचाइकाे अभाव रहेकाे छ । वर्षा हुन नसकेकाे र सिंचाइकाे सुविधा नभएकाले धानकाे बीउ राख्‍न पनि समस्या भइरहेकाे उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!