जाजरकोटमा जिप दुर्घटनामा २ जनाको मृत्यु, ९ घाइते

Posted on: 10 Jun, 2022

जेठ २७, काठमाडौँ | जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना भएको छ।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने ठाउँमा दुर्घटनामा परेको हो। दुर्घटनामा २ जनाको मृत्यु भएको र ९ जना घाइते भएका छन् |

मृतकको पहिचान खुल्न सकेको छैन भने घाइते भएका  ५ जनाको अवस्था गम्भीर रहेको र चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष निरौलाले बताए | गम्भीर घाइतेलाई थप उपचारका लागि  हेलिकप्टरबाट लैजान तयारी भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!