झापामा लागूऔषधसहित एक जना पक्राउ

Posted on: 08 Dec, 2021

मंसिर २२, काठमाडौं | प्रहरीले झापाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान बनगाउँ नगरपालिका-१ सल्लीबजारका ३० वर्षीय रमेश डिसी रहेका छन्।

मेचीनगर नगरपालिका-६ स्थित मेची खोलाको पुरानो पुलमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदलै आउँदै गरेको अवस्थामा शंका लागेपछि चेकजाँच गर्ने क्रममा खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको हो।

प्रहरीले दिएको जानकारी अनुसार डिसीले पछाडि भिरिरहेको झोलाको किताब भित्र हरियो पातलो प्लास्टिकले बेरी लुकाएर ल्याउँदै गरेको अवस्थामा २३ ग्राम खैरो हिरोइन फेला पारेको जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!