सुनको लौरो' र 'राजकुमार' दुवै नक्कली, सरकारले रोक्यो मोहम्मदको सबै औपचारिक कार्यक्रम

Posted on: 20 Jun, 2022

असार ६, काठमाडौं | यतिबेला  सुनको लौरोको चर्चा छ । लौरो ल्याउने दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम पनि चर्चामा छन् ।

यथार्थमा सुनको लौरो र लौरो ल्याउने राजकुमार भनिएका व्यक्ति दुवै नक्कली भएको खुलेको छ । लौरो ल्याउने मक्तुम मार्सी भनिने दुर्गा प्रसाईंको निम्तोमा नेपाल आएका हुन् । दुबईका राजकुमार सामान्य तरिकाले कसरी आए भन्ने चर्चा परिचर्चा भयो । वास्तवमा राजकुमार भनिएका मक्तुम युएईका राजपरिवारका सदस्य भएको खुलेको छ ।

सुनको लौरो' र 'राजकुमार' दुवै नक्कली भ​एको खुलासा - Nepal's Leading News  Portal

व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका युएईका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका सबै औपचारिक कार्यक्रममा सरकारले रोक लगाएको छ ।

उनको निजी भ्रमण भएको हुँदा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि रोक लगाइएको हो । नेपाल सरकारको अनुमतिबेगर उनी नेपाल आएको हुँदा सार्वजनिक कार्यक्रममा रोक लगाइएको बताइएको छ । झापामै उनले मस्जिद र विश्वविद्यालय शिलान्यास गर्ने कार्यक्रम रहेको थियो ।

दूतावासको अनुरोधमा  काठमाडौं ओर्लिएका राजपरिवारका ती सदस्यलाई भीभीआईपी कक्ष प्रयोग गर्न दिइएको थियो ।झापा पुगेर उनले व्यवसायी दुर्गा प्रसाईँलाई सुनको लौरो हस्तान्तरण गरेको समाचारहरु सार्वजनिक भएका थिए । तर उक्त लौरो नक्कली भएको पुष्टि भएको छ ।

विमानस्थलमा पनि उक्त लौरोको भन्सार तिरिएको छैन । भने परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख  महेश भट्टराईले विमानस्थलबाट सुनको लौरो नआएको पुष्टि गरे ।

“एयरपोर्ट भन्सारबाट हुनै पनि सुनको लौरो नेपाल आएको छैन । कुनै पनि यात्रु  विदेशबाट नेपाल आउँछ भने भन्सारमा नेपालको कानुनअनुसार भन्सार लाग्ने कुनै पनि वस्तु ल्याएको छ भने भन्सार घोषणा गर्नु सम्बन्धित यात्रुको कर्तव्य हो ।  त्यसअनुसार भन्सार लाग्ने वस्तु भए घोषणा गर्नुप-यो, नलाग्ने भए परेन ।   राजपरिवारका सदस्य र उहाँको टिमले त्यस अनुसार कुनै पनि प्रज्ञानपत्र भर्नु भएन । ”


यस बिषयमा तपाइको प्रतिक्रिया...!