धनगढी मेयरमा नृपवबहादुर वडभन्दा गोपाल हमाल दोब्बर मतले अगाडि

Posted on: 21 May, 2022

जेठ ७, काठमाडौँ | धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन्। 

५१ हजार ६५ मत गणना हुदासम्म स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएका छन्। नेपाली कांग्रेसका नृपवबहादुर वडले ११ हजार ५ सय ४४ मत ल्याएका छन्। मेयर पदमा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत प्राप्त गरेका छन्। 

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना १० हजार ८ सय ८० मत ल्याएकी छन्। गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीले १० हजार ७ सय २ मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत प्राप्त गरेका छन्। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!