पुनः उम्मेदवार बनेका कैलालीका अधिकांस जनप्रतिनिधी पराजित

Posted on: 21 May, 2022

जेठ ७, धनगढी | २०७४ सालमा स्थानीय तह निर्वाचन जितेर यस पटकको निर्वाचनमा पुनः उम्मेदवारी दिएका कैलालीका अधिकांस उम्मेदवार पराजीत भएका छन । कैलालीमा दोहोरिएर पालिका प्रमुख र उप प्रमुखमा उम्मेदवारी दिएका कोही पनि उम्मेदवार सफल हुन सकेनन् ।

कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका बागि उम्मेदवार रामसमझ चौधरी अध्यक्षमा विजयी भए, ९ वटै वडा अध्यक्ष सहित कैलारीमा नेपाली कांग्रेस विजयी भयो । विजयी उम्मेदवार चौधरीले नेकपा माओबाबादी केन्द्रका उम्मेदवार लाजुराम चौधरीलाई पराजीतगरेका थिए, उनी २०७४ को स्थानीय तह निर्वाचनमा बहुमत वडा सहित विजयी भएका निवर्तमान अध्यक्ष हुन् ।

कैलालीको गोदावरी नगरपालिकाको उप मेयरमा दोहोरिएर उम्मेदवार बनेकी रत्ना कडायत पनि यस पटक पराजीत भइन् । अघिल्लो पटक एमालेबाट उप मेयर पद जीतेकी कडायत यसपटक नेकपा एसबाट उप मेयरमा उम्मेदवा बन्दा एमालेसंगै पराजति भइन् । गोदावरीको उप मेयरमा नेकपा एमालेकी शारदा रोकाया विजयी भइन । । 

कैलालीको भजनी नगरपालिकामा पुनः दोहोरिएर मेयरमा उम्मेदवारी दिएका शेरबहादुर चौधरी पनि पराजीत भए । २०७४ को निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट उम्मेदवारी दिएर विजयी भएका चौधरी यस पटक पनि माओबादी केन्द्रकै तर्फबाट उम्मेदवार बनेका थिए । तर उनी रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरीसँग पराजीत भए । २०७४ को निर्वाचनमा भजनी नगरपालिकामा मेयर र उप मेयर माओबादी केन्द्रले जितेको थियो । 

कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा दोहोरिएर उममेदवार बनेका महादेव बजगाई पनि पराजीत भएका छन् । २०७४ को निर्वाचनमा मेयर पद जीतेका बजगाई फेरी मेयरमै उम्मेदवार बनेका थिए । तर उनि नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएकी शुशीला शाहीसँग पराजीत भए । लम्कीचुहा नगरपालिकामा शत्तारुढ दल नेपाली कांग्रस, नेकपा माओबादी केन्द्र र नेकपा एसले चुनावी तालमेल गर्दा उनको पराजय भएको हो ।

घोडाघोडी नगरपालिकाको मेयरमा पनः उम्मेदवारी दिएका ममताप्रसाद चौधरी पनि यस पटक चुनावमा पराजीत भए छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका चौधरी निर्वाचित  थिए । उनि यस पटकको निर्वाचनमा पनि दोहोरिएर मेयरमा उम्मेदवार बनेका थिए । तर यस पटक भने उनि सफल हुन सकेनन् । चौधरीलाई एमालेबाटै अलग्गीएको नेकपा एसका उम्मेदवार खडक रावतले पराजीत गरे । रावत घोडाघोडीमा गठबन्धनका साझा उम्मेदवार बनेका थिए ।

कैलालीको चरे गाउँपालिका उपाध्यक्षमा पुनः दोहोरिएर उम्मेदवार बनेकी दिपा साउँद पनि पराजीत भइन। २०७४को निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी साउँदले यस पटक पनि एमालेबाटै उपाध्यक्षमै उम्मेदवारी दिएकि थिइन् । चुरेमा एमालेले अध्यक्ष पद जित्दा उपाध्यक्षमा भने पराजय भोग्न पर्यो ।

सुदूरपश्चिमकै एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा पनि दोहोरियर उम्मेदवार बनेका नृपबहादुर वड यस पटक पराजीत हुने देखिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई दुई हजार ७ सय मत अन्तरले पराजति गर्दै मेयर बनेका नृपबहादुर वड यस पटक भने उनै स्वतन्त्र उम्मेदवार हमाल भन्दा १० हजा मतले पछाडी छन् । 

अहिल्लो निर्वाचनमा कैलारी गाउँपालिकामा चुनाव जितेर अध्यक्ष बनेका लाजुराम चौधरी प्रति सो पालिकाका नागरिकले ठुलो अपेच्छा गरेका थिए । चौधरी समुदायको बाहुल्यता रहेको सो पालिकामा लाजुरामले जितेपछि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै स्थानीयले खुलेरै गुनासो गर्न थालेका थिए । तर लाजुराम जनगुनासोको वेवास्ता गर्दै पुनः अध्यक्षका उम्मेदवार बने र पराजीत भएको स्थानियको आरोप छ ।  ‘सार्वजनिक जग्गाका विषयमा भएको विवाद, बजेट वितरणमा मनोमानी हुने गरेको, चुनाव पछि गाउँमा फर्केर नआएको भन्दै लाजुराम बिरुद्ध गुनासो गर्नेको संख्या बढिरहेको थियो,’ कैलारी गाउँपलिका–१ का स्थानीय देव चौधरीले भने, ‘ती गुनासालाई वेवास्ता गर्दै लाजुरामजी फेरी अध्यक्षको उम्मेदवार बनेर जनतालाई झुटा आस्वासन बाड्न थालनुभयो, तर जनताले पत्याएनन् ।’

जनताले पटक–पटक एउटै उम्मेदवारलाई मौका दिन नचाहेको कैलालीको गोदावरी नगरपालिका–२ की अम्बिका ताम्राकार बताउँछिन् । ‘दोहोरिएका जनप्रतिनीधले सम्झन लायक काम पनि गर्न सकेनन्,’ उनले भनिन्, त्यसैमा एउटै व्यक्तिलाई पटक–पटक ल्याउनुभन्दा अरुलाई पनि मौका दिनु पर्छ भन्ने आम धारणाका कारण दोहोरिया उम्मेदवार पराजीत हुन पुगे ।’


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!