गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल

Posted on: 22 May, 2022

जेठ ८, धनगढी | धनगढीको उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।

आतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।

हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाए ।

उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी हुन् । धनगढीको मतगणना आज बिहान सकिएको हो । आधिकारिक घोषणा भने केही समयपछि हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!