कैलालीमा श्रीमान्-श्रीमती मृत फेला, घटनास्थलमा खुकुरी भेटियो

Posted on: 31 May, 2022

जेठ १७, कैलाली | कैलालीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन् ।

श्रीमान् घर बाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै ओछ्यानमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सर्लाहीमा दुई छोराछोरीसहित आमा घरैमा मृत फेला

घटनाको प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार घटनास्थलबाट एउटा खुकुरी फेला परेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!