धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…

Posted on: 16 Sep, 2022

भदौ ३१, धनगढी | धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि जहाज अवतरणमा ढिलाइ भएको हो ।

शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो । विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको जानकारी दिए । उनकाअनुसार अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको हो ।

विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!