कालिकोटको दाहामा सामुहिक स्याउ खेती सुरु

Posted on: 22 Feb, 2018

फागुन १०, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ को दाँहामा ३ लाख ६० हजार वर्गमिटरमा सामुहिक स्याउ खेती सुरु गरिएको छ । नगरपालिकाको ६ नम्बर वडा कार्यालयको पहलमा स्याउ खेती सुरु गरिएको हो । स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको खाँडाचक्रमा व्यवसायिक सामूहिक स्याउ खेतीको थालनी गरिएको बताईएको छ ।

सामूहिक स्याउ खेतीबाट वडाका सबै घरधुरीलाई रोजगारी दिने उद्देश्यले व्यवसायिक खेती सुरु गरिएको वडा अध्यक्ष जगदिश शाहीले बताए । केही समय अगाडिसम्म निश्चित घरधुरीले २ र ३ बोट स्याउ लगाएका थिए’, उनले भने, ‘अब वडाको पहलमा नै सामुहिक स्याउ खेतीको सुरुवात गरिएको छ ।’ व्यवसायिक स्याउ खेतीका लागि नगरपालिकाले ५० हजार बोट स्याउ, ओखर प्रदान गरेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए ।

उनका अनुसार ‘उत्तर र दक्षिण दुवैतिर मोटर बाटो निर्माण कार्य धमाधम भइरहेकोले स्याउ खेतीमा किसानहरू आकर्षित हुन थालेको छन् । स्याउ लगाएर यसकोे सामूहिक व्यवसायिक खेती सुुरु गरेको र यसबाट नै वडालाई समृद्ध बनाउने लक्ष्य लिएको उनको भनाई छ । त्यसैअनुसार व्यवसायिक स्याउ खेतीमा स्थानीयलाई प्रोेत्साहन गरिएको नगरपालिका उपप्रमुख बिजया विष्टले बताईन् । ‘खाद्यमा आत्मनिर्भर बनाउने अरू कुनै उपाय नै छैन’ उनले भनिन्, ‘स्याउ खेती लगाएर नै यहाँका स्थानीयलाई आत्मनिर्भर बनाउने योजना रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!