देउडा र दोहोरीमा उदाउँदै गायक हिक्मत

Posted on: 16 Mar, 2018

चैत्र २, सुर्खेत । कालीकोट जिल्लाको महाबै गाउपालिका ७ राम्नीमा २०५२ सालमा जन्मिएका हिक्मत चौंलागाई देउडा र लोक दोहोरी गायनमा ब्यस्त छन् । वुवा भवानी प्रसाद आचार्य र आमा पवित्रदेबि चौंलागाईको कोखबाट कालीकोटमा जन्मिएर पनि गेरुवा गाउँपालिका बर्दियामा बसोवास गर्दै आएका हिक्मत शब्द सिर्जना गर्ने, संगित भर्ने रमिठो स्वर दिनमा पोख्त छन् । हिक्मत देउडा र लोक दोहोरी गीत रुचाउँदैनन् मात्रै गाउँछन् पनि ।

घर त कालीकोट नामको एल्बम २०६६ सालमा रेकर्ड गराई नेपाली सांगितिक क्षेत्रमा प्रबेश गरेका हिक्मतको ०७४ माप्रदेशिजीवनबोलको देउडागीतपनि रेकर्ड गराई बजारमा ल्याएका छन् । लोकदोहोरी गीतमा बढि रुचि भएका हिक्मत पहिचान बचाउन पनि देउडालाई प्राथमिकता दिइरहने बताउँछन् । लोकदोहोरी र देउडा गीत गाउँदा कुनै अप्ठेरो महशुस नहुने अनुभव भएका हिक्मतको कोठिया घाटैमा बोलको लोकदोहोरी रेकर्ड भएपनि बजारमा आउन भने केही समय कुर्नु पर्ने जानकारी दिन्छन् ।


देउडा र दोहोरी दुबै गीतलाई सँगसँगै लिने योजना बनाएका हिक्मतको गाएनमा कहिल्यै हिक्मत नहार्ने भावी योजना रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!