वृद्धभत्ताका लागि बैंक खाता खाेल्न हिँडेकी वृद्धाको बाटोमै मृत्यु

Posted on: 13 Jan, 2022

पुस २९, काठमाडौँ | बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीचबाटोमै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो ।

पालिकाले बैंक खाता नभई वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जाँदै थिइन् । सोही क्रममा वृद्धाको ज्यान गएको हो । १० किलोमिटर हिँडेर खाता खोल्न जानुपर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिँडेकी थिइन् ।

वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!