कञ्चनपुरमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित, नव आगन्तुक विद्यार्थीलाई स्वागत

Posted on: 02 Aug, 2019

भास्कर के.सी | असार १७, कञ्चनपुर | कञ्चन विद्या मन्दिर मा.वि. तथा सामुदायिक कलेजले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने गायत्री भट्ट र पार्वती पाण्डेयलाई सम्मान गरेको छ भने नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । 

कक्षा १२ मा विज्ञान तर्फ ए प्लस ३.३७ जिपीए ल्याउन सफल गायत्री भट्ट र वाणिज्य समूहबाट ए प्लस ३.६७ जिपीए ल्याउन सफल पार्वती पाण्डेयलाई रु.६० हजारको चेक दिएको छ । यसरी कक्षा १२ मा ए प्लस र स्नातकमा ७५%भन्दा माथि ल्याउने प्रत्येक विद्यार्थीलाई रु. ६० हजार सहित सम्मान गरिने प्राचार्यले बताउनु भयो ।

हल्दुखाल ७ बस्ने पार्वती पाण्डेयले त्यहीको महाकाली जनसेवा माध्यमिक विद्यालय हल्दखुाल बाट एसएलसी उत्र्तिण गरेकी थिइन । भने ऐठपुर ६ बस्ने गायत्री भट्टले लिटिल स्टार पब्लिक स्कुल बाट एसएलसी उत्र्तिण गरेकी थिइन् । भट्टले यस भन्दा अगाडी पनि चेलीबेटी बेचविखन सम्बन्धी निबन्ध लेखेर सुदुरपश्चिम प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएकी थिईन । 

यस्तो पुरस्कार विविएस र एमविएस मा पनि लागु हुने, गरिब, अशक्त, अपाङ्ग, दलित, दुर्गम क्षेत्रका विद्यार्थीलाई छात्रवृति प्रदान गर्दै आइरहेको प्रार्चायले बताए । विद्यार्थीले कुनै गल्ती गरे पनि ए बाबु त्यसो नगर भन्न पनि नसकिने बेला आयो गणतन्त्र त शिक्षकको लागि मात्र आएको रहेछ । कसैको भलाई गर्न खोज्दा पनि शिक्षकले नै सजाय पाउनु पर्ने प्राचार्य साउदले आफ्नो मन्तव्यमा भन्नु भयो ।

सम्मान समारोहमा शैक्षिक सत्र २०७६ मा कक्षा ११ मा भर्ना भएका दुई सय जति छात्रछात्राहरुलाई अविर टिका सहित विद्यार्थी अधिष्ठात्ती देवी गायत्री देवीको प्रतिक कलम दिएर प्राचार्य डा. राजकुमार साउद र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समारोहका सभापतिले स्वागत गर्नु भएको थियो । 

वि.स.२०३६ सालमा सार्वजनिक शैक्षिक गुठीमा स्थापना भएको यस विद्यालयले छोटो समयमै सुदूरपश्चिममै शैक्षिक जगतमा आफ्नो पहिचान बनाउन सफल भएको छ । हाल यस विद्यालयमा कक्षा १ देखि स्नाकोत्तर सम्मको पढाइ भई रहेको छ । त्यसैक्रममा यस विद्यालयले महाकाली अञ्चलको पहिलो गुणस्तर प्रत्यायन तथा सुनिश्चितताको सर्टिफिकेट (क्यूएए)  प्राप्त गर्न सफल भएको छ ।

विद्यालय व्यवस्थापनका अध्यक्ष दुर्गा प्रसाद जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभाषद माननीय मान बहादुर सुनारको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रम सञ्चालन पुष्पा जोशीले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!