नेकपा (एमाले) कञ्चनपुर अध्यक्षमा तीन जना आकांक्षी

Posted on: 07 Jan, 2022
पुस २३, कञ्चनपुर  नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशन कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ । पार्टीको जिल्ला नेतृत्व चयनका लागि सुरु भएको अधिवेशनमा पाँच सयभन्दा बढी प्रतिनिधी सहभागी छन् । 
जिल्ला अध्यक्ष पदका लागि तीन जनाले आफ्नो प्रचारप्रसार गरिरहेका छन् । अध्यक्ष पदका लागि वर्तमान जिल्ला अध्यक्ष वीरबहादुर थापा, वर्तमान पार्टी सचिव एवं भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द आकांक्षी देखिएका छन् । 
यस्तै पार्टीको जिल्ला सचिव पदमा रणबहादुर महरा र पल्लभराज भट्ट आकांशी हुनुहुन्छ । पार्टीको माथिल्लो तहले सहमतीमै जिल्ला कमिटी गठन गर्न सुझाव दिएको बताइएको छ । अधिवेशन उद्घाटन समारोहमा सांसदहरु डा दीपकाप्रकाश भट्ट, नरबहादुर धामी र निरुदेवी पालको सहभागी थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!