भीमदत्त नगरपालिकामा कांग्रेस विजयी

Posted on: 23 May, 2022

जेठ ९, महेन्द्रनगर | कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् ।

बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा १२ हजार २ सय १६ मतसहित जोशी निर्वाचित भएकी हुन् ।उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरे ।

भीमदत्त कन्चनपुर जिल्लाको सदरमुकाम पनि हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!