१०० मतपत्र भनिएको पेटिकामा १२० मत भेटिएपछि भीमदत्तमा गणना रोकियो

Posted on: 15 May, 2022

जेठ १, कञ्चनपुर | भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको थियो । त्यसपछि मतगणना रोकिएको हो । 

सत्तारूढ दलहरूले सत्ताको चरम दुरुपयोग गरेको भन्दै वडा नम्बर २ मा पुनः निर्वाचन गर्नुपर्ने माग गरेका छन् । नेकपा एमाले, राप्रपालगायतका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले पुनः निर्वाचनको माग गरेका हुन् ।

भीमदत्तमा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका महेश पन्तले वडा नम्बर २ मा पुनः निर्वाचन नहुँदासम्म अन्य वडाको मत गणनामा सहभागी नहुने बताए । 

राज्यशक्तिको दुरूपयोग गर्दै जनमतको अपमान गर्ने काम भएको भन्दै उनले पुनः निर्वाचन हुनुपर्ने माग गरेका हुन् । वडा नम्बर १ को मत गणना भने भइसकेको थियो ।

जसमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका आशेफ कुँवर निर्वाचन भएका छन् । विवादपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा राजनीतिक दल, निर्वाचन कार्यालयका अधिकारी, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका अधिकारी सहभागी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!