चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरू लाई खतरा : प्रदेश प्रवक्ता पठान

Posted on: 27 Nov, 2021

मंसिर ११, कपिलवस्तु | कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा जसपा नेपालको सङ्गठन शुद्धीकरण तथा जनजागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । भेलाबाट योती नरायण चौधरीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन भएको छ ।

योती नारायण चौधरी को अध्यक्षता प्रमुख अतिथिमा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान) विशिष्ट अतिथिमा जसपा नेपाल शिवराज नगर कमिटी अध्यक्ष कृष्ण कुमार चौधरी, जसपा कपिलवस्तु पूर्व जिल्ला अध्यक्ष सतीश चन्द्र गुप्ता अतिथिमा कमर जहाँ, जगदेव लोहार, गोरख रजक लगायत रहनुभयोl कार्यक्रममा बोल्दै प्रवक्ता अकरम पठानले जसपा नेपालको सशक्त रूपमा सङ्गठन शुद्धीकरण र जनजागरण अभियान विस्तार हुँदै गइरहेको,जनसङ्ख्याको अाधारमा प्रतिनिधि सांसद मधेसमा सङ्ख्या बढाउनु पर्ने, चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरू लाई खतरा रहेको , सबै जाति, धर्म र समुदायको सम्मान जसपा नेपालमा सुनिश्चित रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृष्ण कुमार चौधरीले जसपाको अभियानमा एक बद्ध भएर लाग्न अनुरोध गर्नु भयो कार्यक्रममा जसपा नेपाल समर्थक सयौँ कार्यकर्ता हरूको सहभागिता रहेको जानकारी प्रदेश प्रवक्ता अकरम पठान ले दिनुभयो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!