मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्

Posted on: 13 May, 2022

वैशाख ३०, कपिलवस्तु | नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् । 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न  नपाएकाे विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए । 

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् । 

देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!