कपिलवस्तुको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

Posted on: 20 May, 2022

जेठ ६, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा रजत प्रताप शाह र उपमेयरमा आरतीदेवी चौधरी निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका रजत प्रताप शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक रजौरियाले ४ हजार १ सय १२ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका जाबेद आलम खाँले ३ हजार ९ सय ८७ मत प्राप्त गरेका छन् |

त्यसै उपमेयरमा कांग्रेसकीआरतीदेवी चौधरीले ५ हजार ६ सय ९१ मत ल्याउँदा भने  जनता समाजवादी पार्टी (जसपा) की आरती सिंह यादवले ३ हजार २ सय ८२ मत ल्याइन् । यस्तै माओवादीकी पुष्पा तिवारीले २ हजार ८ सय ९ मत प्राप्त गरेकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!