सशस्त्र प्रहरीको ट्रक दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो

Posted on: 22 Oct, 2022

कात्तिक ५, बुटवल | पिपराबाट तौलिहवा आउँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । । तीन जना घाइते भएका छन् ।

दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी,  जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका-३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ताले जानकारी दिए ।

घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी, वरिष्ठ हबल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । 

शुक्रबार स्थापना भएको क्षेत्र नं. १ मा निर्वाचन सुरक्षा बेसका लागि सशस्त्र प्रहरीलाई छाडेर सशस्त्रको गण कार्यालय फर्कने क्रममा ट्रक दुर्घटनामा परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!