बसको ढोकाबाट खसेका परिचालकको पछाडिको चक्काले किचेर मृत्यु

Posted on: 26 Oct, 2022

कार्तिक ९, कपिलबस्तु । जिल्लाको शिवराज नगरपालिका १ उमरीमा बसको ढोकाबाट खसेर परिचालकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७०४ नम्बरको बसको ढोकाबाट ४२ वर्षीय परिचालक सुधिर न्यौपाने बुधबार विहान पौने ८ बजे खसेका थिए।

सडकमा खसेका न्यौपानेलाई सोही बसको पछाडिको चक्का किचेको थियो।

चन्द्रौटा स्थित संजिवनी सामुदायिक अस्पतालमा उपचारको क्रममा न्यौपानेको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुले जनाएको छ।

बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!