पोखराको मेयरमा आचार्य थापाभन्दा ३,२६० मतले अगाडि

Posted on: 22 May, 2022

जेठ ८, पोखरा | पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले सुरुदेखि नै अग्रता कायम राखेका छन् |

हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४ सय ३४ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका मेयर पदका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १ सय ७४ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ३ हजार २ सय ६० मतान्तरसहित अग्रता हासिल गरेका हुन्।

यस्तै उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ४२ हजार ३ सय १६ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७ सय ४ मत पाएकी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!