ललितपुर, पोखरा र वीरगञ्ज महानगरमा अहिलेसम्म कसले कति भोट ल्याए ?

Posted on: 23 May, 2022

जेठ ९, काठमाडौँ | ललितपुर महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेपाली काँग्रेस) चिरीबाबु महर्जनले ३६ हजार ९३८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २१ हजार ७६८ मत प्राप्त गरेका छन् । महर्जन र ब्यजञ्जनकारको मतान्तर १५ हजार १७० रहेको छ ।

यस्तै, पोखरा महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेकपा एस) का धनराज आचार्यले ५१ हजार ८११ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले  ४७ हजार ५७१ मत प्राप्त गरेका छन् । आचार्य र थापाको मतान्तर ४ हजार ३१० रहेको छ । 

 यता, वीरगन्ज महानगरपालिकाको मेयर पदका सत्ता गठबन्धनका (जसपा) उम्मेद्वार राजेशमान सिंहले अग्रता कायम राखेका छन् । उनले अहिलेसम्म ३९ हजार ६६१ र एमाले उम्मेदवार विजयकुमार सरावगीले २० हजार २०५ मत प्राप्त गरेका छन् । सिंह एमालेका उमेदवारभन्दा १९ हजार ४५६ मतले अघि छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!