खुकुरी प्रहार गरी श्रीमतीको हत्यापश्चात् आफ्नो पेटमा पनि खुकरी हाने

Posted on: 02 Sep, 2022

भदौ १७, पोखरा | पोखरामा विवादका कारण श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।

घरायसी विवादका कारण पोखरा–१४ छिनडाडा शुक्रबार बिहान स्थानीय लोकबहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेर हत्या गरेको कास्की प्रहरीले जानकारी दिएका छन्। 

उनका अनुसार श्रीमतीको हत्यापश्चात् श्रीमान लोकबहादुरले आफ्नो पेटमा पनि खुकरी हानेका थिए।


‘बिहान साढे ८ बजेतिर श्रीमानले श्रीमतीको टाउकोमा खकुरी प्रहार गरेछन्, श्रीमानले त्यही खुकुरी आफ्नो पेटमा हानेर गम्भीर घाइते छन्।’प्रहरीले बताए।

प्रहरीका अनुसार लोकबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!