मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण

Posted on: 04 Sep, 2022

भदौ १९, पोखरा | पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण गराइएको छ । आइतबार बिहान ८ बजे १८ यात्रु लिएर पोखरा उँडेको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि पोखरा विमानस्थलमै आपतकालिन अवतरण गराइएको हो ।  


 उडेको  ७ मिनेटमै जहाजलाई अवतरण गराइएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिएका छन् । अहिले जहाज चेकजाँचको काम भइरहेको बताइएको छ । 

जहाज सामान्य अवस्थामै अवतरण भएको सुवेदीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!