बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण, तिर्न नआउँदा थाहा पायो बैंकले

Posted on: 14 Nov, 2022

कात्तिक २८, कास्की | कास्की प्रहरीले नक्कली सुन धितो राखेर ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा स्थायी घर भई कास्कीको सराङकोट बस्दै आएका २५ वर्षीय अभिशेक सुनार रहेका छन् ।


प्रहरीका अनुसार सुनारले राष्ट्रिय वाणिज्य बैंकको विरौटास्थित शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएका थिए । सुन भएको मानेर ऋण दिएको बैंक लामो समय ऋिणी सम्पर्कमा नआएपछि झस्किएको थियो ।

धितो राखेको भनिएको सुन जाँच गर्दा नक्कली परेपछि सुनारले ठगेको खुलेको प्रहरीले दाबी गरेको छ । सुन धितो राख्दा बैंकले जाँच गरेर मात्र राख्ने गर्छ । तर बैंकका कर्मचारीको भूमिकाका विषयमा भने प्रहरीले केही बताएको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!