भेटियो दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’

Posted on: 16 Jan, 2023

माघ २, काठमाडौँ | दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’ सोमबार बिहान भेटिएको छ । आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको हो ।

उक्त बक्स मात्रै दुर्घटनाको कारण पत्ता लगाउने एक यन्त्र हो । जहाँ दुर्घटना अघिका कुराहरु रेकर्ड भएका हुन्छन् । जुन दुर्घटना भएको बेला नजल्ने यन्त्र पनि हो ।


दुर्घटनापछि लगातार उद्धारका कार्य थालिएको थियो । तर राति भएपछि उद्धार गर्न प्रतिकुल भएपछि सोमबार बिहानैबाट पुन हराएकाहरुको खोजी थालिएको थियो । अझै केही मानिसहरु बेपत्ता छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यतिबेला पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ। भेटिएका शवहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।

शवहरुमध्ये २६ वटा पहिचान भएको जनाइएको छ । सरकारले मृतकहरुको शव आजै आफन्तहरुलाई बुझाउने तयारी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!