बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

Posted on: 08 Dec, 2021

मंसिर २२, काठमाडौं | नेपाली बजारमा बुधबार सुनको मूल्यमा बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । मंगलबार भने सुनको मूल्य तोलामा दुई सयले घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ ।  

त्यस्तै चाँदीको मूल्यमा पनि आ बढेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!