बढ्यो सुनको मूल्य, तोलाको कति ?

Posted on: 11 Jan, 2022

पुस २७, काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो।

आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार २३० रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!