ह्वात्तै बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

Posted on: 13 Jan, 2022

पुस २९, काठमाडौँ | सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेकोे छ । आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!