पुस महिनाको अन्तिम दिन बढ्यो सुनको मूल्य, तोलामा कति ?

Posted on: 14 Jan, 2022

पुस ३०, काठमाडौँ | पुस महिनाको अन्तिम दिन अर्थात् आज शुक्रबार सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । 

गत बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २०० रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने बिहीबारको मूल्यमा पाँच रुपैयाँले मात्र बढ्दै एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!