धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

Posted on: 16 Jan, 2022

माघ २, काठमाडौँ । धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको  गौतम-बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्धनै उजुरी परेको आयोगले पुष्टि गरेको छ । 

आयोगमा फाउन्डेसनबिरुद्ध इमेलमार्फत उजुरी परेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउने भनेको रंगशालामा हालसम्म ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बताइएको छ । विभिन्न दातृ निकायको सहयोग, विदेशमा रहेका नेपालीहरुको सहयोग तथा सरकारी संयन्त्रको रकम खर्चेर बनाइएको रंगशालामा खर्च भए बराबरको काम नभएको उजुरीमा उल्लेख छ । 


आयोगले अब यस उजुरीको सम्बन्धमा अनुसन्धान सुरु गर्ने जनाएको छ । करिब ३ अर्ब लागतमा बनाउने भनिएको रंगशालामा अनुमान गरिए अनुसारको सहयोग प्राप्त नभएको र आफूहरुलाई १७ करोड ऋण लागिसकेको भन्दै धुर्मुस–सुन्तली फाउण्डेसनले स्वामित्व ग्रहण गरिदिन भरतपुर महानगरलाई आग्रह गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!