रासायनिक मल खरिदका लागि वार्षिक बजेटमा तीन अर्ब रुपैयाँ थप

Posted on: 21 Jan, 2022

माघ ७, काठमाडौँ | कृषि उत्पादन तथा मल खाद आपूर्ति (खरिद) लागि सरकारले वार्षिक बजेटमा थप तीन अर्ब रुपैयाँको व्यवस्था गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मल खाद आपूर्तिमा अपुग रकमको जोहो गर्दै सरकारले कृषि मल खादमा छुट्याइएको १२ अर्ब रुपैयाँको अनुदानमा थप तीन अर्ब थपि १५ अर्ब पुर्याइएको बताए ।

यस्तै, समयमै आवश्यक मल खरिदका लागि सम्बन्धि निकायलाई निर्देशन समेत गरिएको उनले बताए ।  सोही अवसरमा प्रधानमन्त्री देउवाले उखु किसानहरुको बाँकी बक्यौता भुक्तानीका लागि सम्बन्धि चिनी उद्योगहरुलाई पहल गरिरहेको र उखुको अनुदानका लागि हालै मात्र सरकारले ९० करोड रुपैयाँ समेत पठाइसकेको बताए ।

यता गत असोज कात्तिकमा आएको बेमौसमी वर्ष, बाढी पहिरोले नोक्सान पुर्‍याएको कृषि बालीमा सम्बन्धि कृषकलाई उचित क्षतिपूर्तिको व्यवस्था गरेको बताउदै प्रधानमन्त्री देउवाले बाढी पहिरोमा परेर ज्यान गुमाउनेहरुको परिवारलाई प्रति मृतक दुई लाख रुपैयाँ उपलब्ध गराउने समेत बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!